(१) करदाताले शहरी क्षेत्रको घर जग्गाको विवरण अनुसूची (क) बमोजिमको ढाँचामा र विदेशी लगानीको विवरण अनुसूची (ख) बमोजिमको ढाँचामा दाखिल गर्नु वा गराउनु पर्छ कुनै सालको अनुसूची (क) वा अनुसूची (ख) बमोजिमको ढाँचामा कुनै घर जग्गा वा विदेशी लगानीको विवरण दाखिल गरी वा गराइसेकका करदाताले सो विवरण बमोजिमको सम्पत्तिमा कुनै थपघट भएमा बाहेक सालसालै विवरण दाखिल गर्दा अनुसूची (ख) वा अनुसूची (ख) बमोजिमकै विवरण दाखिल नगरी साविकमा दिएको विवरण कायम भनी रीतपूर्वकको लिखित सूचनासम्म दिनु पर्याप्त हुनेछ ।
(२) कुनै सालको विदेशी लगानीको विवरण दाखिल गर्दा सरकारी सेक्युरिटी, शेयर, बैंक एकाउन्टेण्ट र अरू किसिमको नगदी लगानीको सो साको श्रावण १ गतको बजार भाउ र घर जग्गाको तत्स्थानको गाउँ विकास समिति वा नगरपालिकाले निर्धारित गरेको किराया दर (रेण्टल भ्यालु) समेत प्रमाण सहित पेश गर्न वा गराउनु पर्छ ।
(३) साधारणत: नेपाल ……बाहिर बसोबास गर्ने करदाताले त्यस्तो विवरण उपत्यका पूर्वाञ्चलका सम्पत्ति कर अधिकृत छेउ दाखिल गर्नु वा गराउनु पर्छ ।